ललितपुरमा ‘राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार’
नेपाल पत्रकार महासंघ, ललितपुर जिल्ला शाखाले ‘राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । ललितपुर शाखा र ललितपुरको झम्सीखेलका लक्ष्मणबहादुर विष्टबीच पत्रकारिता पुरस्कार स्थापना गर्ने सम्बन्धी औपचारिक सहमति–पत्रमा हस्ताक्षर भएको छ।
‘राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार’ का लागि लक्ष्मणबहादुर विष्टले एक लाख पचास हजार रुपैयाँको अक्षयकोष स्थापना गर्न सहमति जनाएका छन् । उक्त रकमको वार्षिक ब्याजबाट हरेक वर्ष एक जनालाई क्रियाशील पत्रकारबाट सम्मान गरिनेछ ।
महासंघ ललितपुर शाखातर्फबाट अध्यक्ष रामहरि कार्की र लक्ष्मणबहादुर विष्टले सहमति–पत्रमा हस्ताक्षर गर्दै उक्त पुरस्कारको घोषणा गरेका हुन् ।
सहमति–पत्रअनुसार पुरस्कारको सम्पूर्ण कार्यविधि तथा छनोट प्रक्रिया महासंघले निर्माण गर्नेछ । पुरस्कार अर्थ, राजनीति, अपराध, कृषि, धर्म, संस्कृति तथा कलाका क्षेत्रहरूमा कलम चलाउने क्रियाशील पत्रकारलाई प्रदान गरिने ललितपुर शाखाका सचिव दीपक अर्यालले जानकारी दिए ।
पुरस्कारका लागि नेपाल पत्रकार महासंघ ललितपुर शाखामा आबद्ध सदस्य मात्र योग्य हुनेछन् । स्वर्गीय राधा विष्टको स्मृतिमा नयाँमार्ग साप्ताहिकका सम्पादकरप्रकाशक लक्ष्मणबहादुर विष्टले पुरस्कार स्थापनामा सहयोग गरेका हुन् ।
टिप्पणीहरू