अमेरिकी सेनाको जहाज क्रमशः काठमाडौंतिर
अमेरिकी वायुसेनाको एउटा विमानको यो साता एक दिन बिराएर काठमाडौं विमानस्थलमा अवतरण गर्ने उडान तालिका छ । सि १७ ए, कल साइन आरसिएच १८१५, टेल नम्बर ००२१३ भएको विमान भोलि बुधबार काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कूटनीतिक झोला बोकेर आउन लागेको भनिएको उक्त विमान एक रात काठमाडौं विमानस्थलमा रहने छ । आगामी बिहिबार फिर्ता गएपछि सोही विमान शुक्रबार बिहान पौने १२ बजे पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सैनिक स्रोतको दावी छ । नेपाली सेना र अमेरिकी सेनाको संयुक्त अभ्याससम्बन्धी तालिमका लागि आउने भनिएको उक्त विमान भोलिपल्ट बिहान साढे ४ बजे काठमाडौंबाट उड्ने छ ।
ती दुबै उडानलाई कूटनीतिक मान्यतासहितको अनुमति दिन काठमाडौंस्थित अमेरिकी दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको बुझिएको छ । स्रोत भन्छ, ‘यस्ता सबै उडान कूटनीतिक उडानको अनुमतिमा हुने गरेको छ ।’
टिप्पणीहरू