नदी किनारमा शव भेटिएपछि आयोग गम्भीर

नदी किनारमा शव भेटिएपछि आयोग गम्भीर

बैतडीको ढोल्सेनी गाउँपालिका–३ निवासी १९ वर्षीय किरण कोली चौलानी नदी किनारमा मृत फेला परेको घटनाप्रति राष्ट्रिय दलित आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । घटनाबारे गहिरो चासो व्यक्त गर्दै आयोगले सत्य–तथ्य पत्ता लगाउन, सूक्ष्म छानबिन प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छ । 

जारी विज्ञप्तिमा छानबिनबाट प्राप्त हुने सबै जानकारी सरोकारवालासम्म पुर्याइने उल्लेख गर्दै भनिएको छ, ‘यस घटनाप्रति आयोग गम्भीर चासो व्यक्त गर्दै सत्य–तथ्य पत्ता लगाउन आवश्यक छानबिन प्रक्रिया सूक्ष्म ढंगले अघि बढाउन निर्देशन दिइएको छ ।’ 

आयोगले दलित समुदायसँग जोडिएका संवेदनशील घटनामा निरन्तर संलग्न रहँदै आएको र दलितको अधिकार, न्याय र सुरक्षाको सुनिश्चितताप्रति आफ्नो प्रतिबद्धता कायम रहेको पनि स्पष्ट पारेको छ । कोलीको शव गत साउन १७ गते दिउँसो चौलानी नदी किनारमा फेला परेको थियो ।

टिप्पणीहरू