भोलिदेखि नेपाल बस्ने यहुदीहरुको विशेष सुरक्षा
इजरायल र प्यालेष्टाइनबीच जारी पछिल्लो युद्धका कारण विश्वमा रहेका यहुदीहरुको सुरक्षा संवेदनशीलता बढेको छ । सोही कारण नेपालमा पनि भोलिदेखि इजरायली नागरिक र यहुदीहरुको सुरक्षार्थ नेपाल प्रहरीले विशेष योजना बनाएको बुझिएको छ ।
काठमाडौंस्थित इजरायली दूतावासले गरेको आग्रहबमोजिम परराष्ट्र मन्त्रालयले गृहलाई यहुदीहरुको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन पत्राचार गरेको छ । सोहीबमोजिम नेपाल प्रहरीले यहुदीहरुको मुख्य बसोबास स्थान ठमेलको चाबड हाउस वरपर सुरक्षा व्यवस्था मिलाएको बुझिएको छ । त्यसैगरी इजरायली दूतावास र तिनका कर्मचारी बस्ने भवन तथा स्थान वरपर थप सुरक्षाकर्मी खटाइने प्रहरीको दावी छ ।
उनीहरुले भेडाको सिङ पनि फुक्छन् । त्यसैगरी उक्त समुदायमा नयाँ वर्षको पहिलो दिन घिउमा डुबाइएको स्याउ खाने चलन छ ।
सेप्टेम्बर महिनामा पर्ने यहुदी समुदायको नयाँ वर्षमा सुरक्षा संवेदनशीलता बढेको हो । हिब्रु पात्रोअनुसार तेस्रो महिनाको पहिलो र दोस्रो दिन मनाइने उक्त अवसरमा यहुदी समुदायमाथि आक्रमण हुनसक्ने पूर्व आकलनका साथ सुरक्षा प्रबन्ध गरिएको गृह स्रोतले जानकारी दिएको छ ।
नयाँ वर्षमा यहुदी समुदायले आत्मचिन्तन,प्रार्थना र शुभकामना आदानप्रदान गर्छन् । परम्परागत रूपमा उनीहरुले भेडाको सिङ पनि फुक्छन् । त्यसैगरी उक्त समुदायमा नयाँ वर्षको पहिलो दिन घिउमा डुबाइएको स्याउ खाने चलन छ ।

टिप्पणीहरू