गुप्तचरमा ९० जना भर्ना गरिँदै
राष्ट्रिय अनुसन्धान विभागले ४० जना अधिकृत तृतीय र ५० जना खरिदार सरहको सहायक द्वितीय कर्मचारीका लागि विज्ञापन गरेको छ ।
दुबै तहमा इच्छुक उम्मेदवारका लागि २१ वर्ष पूरा भएको तर २५ वर्ष ननाघेको हुनुपर्ने उमेर तोकिएको छ । विभागभित्रै कार्यरत कर्मचारीको हकमा उमेर ३५ वर्ष र महिलाको लागि ३० वर्षको सीमा राखिएको छ ।
असोज १९ गतेसम्म आवेदन दिनुपर्ने प्रकाशित सूचनामा उल्लेख छ । अनुसन्धान अधिकृतका लागि स्नातक र अनुसन्धान सहायकका लागि प्रवीणता प्रमाणपत्र तह वा दश जोड २ कक्षा उतीर्ण गरेको हुनुपर्ने छ ।
टिप्पणीहरू