टिकटक,फेसबुकमा फोटो र भिडियो हाल्ने प्रहरीलाई खबरदार
नेपाल प्रहरीले आफ्ना कर्मचारीलाई मर्यादित तवरले सामाजिक सञ्जाल प्रयोगका लागि आग्रह गर्दै आएको सन्दर्भमा साइबर तथा सूचनासम्बन्धी कार्यादेश २०८२ र सूचना प्रविधि प्रणालीको व्यवस्थापन तथा सञ्चालन सम्बन्धी कार्यादेश २०८२ लागु गरेको छ ।
भोलिदेखि घर जान लागेका महानिरीक्षक दीपक थापाले स्वीकृत गरेको दुबै कार्यादेश लागु भएकाले अबदेखि कार्यालयमा,कार्यालय समयमा, पोशाकमा भिडियो,फोटो खिचेर सामाजिक सञ्जालमा लाग्नेमाथि कारबाही हुने भएको हो । हेडक्वार्टरको प्रशासन शाखाले सबै इकाइलाई पठाएको प्रहरी सञ्चारमा कार्यादेशहरु प्रहरीको इन्ट्रानेट पोर्टल र इ लाइब्रेरीमा राखिएको व्यहोरा उल्लेख छ ।
यसअघि सामाजिक रुपमा साइबर अपराध रोक्न लागिपरेको प्रहरी संगठन आफ्नै कर्मचारीका कारण पटक पटक विवादमा तानिएको थियो ।

टिप्पणीहरू