विद्यालय गएका चितवनका दुई बालिका धादिङमा फेला

विद्यालय गएका चितवनका दुई बालिका धादिङमा फेला

निर्मला ५ फिट उचाइकी र न्यान्सी ४ फिट उचाइकी, दुबै गहुँगोरा । दुवैजना कक्षा ९ मा अध्ययनरत र मध्यम बनावटका । हराएको समयमा दुवैले रातो टी–सर्ट, नीलो पाइन्ट र जुत्ता–स्कूल ड्रेस लगाएका थिए।

चितवनको खैरहनी नगरपालिका–२, चैनपुरकी १४ र १५ वर्षीया यी दुई किशोरी हिजो बेपत्ता भए । घरबाट विद्यालयत हिँडेका न्यान्सी बिसुरुवाल र निर्मला राना मगर सम्पर्कमा नआएपछि परिवारजनले प्रहरीलाई जानकारी गराएका थिए ।

बालिकाहरू अहिले फेला परिसकेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन्द्र खनालले जानकारी दिएका छन्। उनीहरू धादिङ आफन्तकोमा पुगेको बुझिएपछि यहाँबाट परिवारजन उनीहरूलाई लिन गएको प्रहरीले जनाएको छ ।

घरबाट विद्यालय जान्छु भनी निस्किए पनि विद्यालय, घरपरिवार, आफन्त वा साथीभाइ कतै पनि सम्पर्कमा नआएको अभिभावकले साँझतिर बताएका थिए । त्यसपछि प्रहरीले हराएका बालिकाहरूको हुलिया सार्वजनिक गर्दै खोजी कार्य अगाडि बढाएपछि आज फेला परेका हुन् ।

टिप्पणीहरू