सडक पेटीमा अचेत युवती रहिनन्, कोठामा सुतेका पुरुष बिते

सडक पेटीमा अचेत युवती रहिनन्, कोठामा सुतेका पुरुष बिते

सडक मानवमुक्त महानगर भनिएपनि चितवनको भरतपुरमा मगन्तेहरूको संख्या पहिलेभन्दा बढ्न थालेको छ । नारायणगढ बजारको सडकपेटीमै भीक माग्नेहरुको लस्कर देखिन्छ । 

खासगरी मधेसीमूलका ससाना केटाकेटीसमेत कचौरा थप्दै हिँडेका हुन्छन् । प्लाष्टिक बटुल्ने, सडक पेटीमै सुत्ने घरबारविहीनहरू बिरामीले सिकिस्त पनि छन् । मानव सेवाका नाममा खुलेका संघसंस्था तथा आश्रम थुप्रै भएपनि यिनीहरुको उचित व्यवस्थापन हुन सकिरहेको छैन ।

यसबीच आज एक जना सडक मानवको मृत्यु भएको छ । बिहान साढे पाँच बजे भरतपुर–१, पोखरा बसपार्क नजिकै सडकपेटीमा अचेत अवस्थामा भेटिएकी नामथर वतन नखुलेकी अन्दाजी ३०/३२ वर्षीया महिलालाई प्रहरीले उपचारको लागि भरतपुर अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

चितवनमा हिजो राति कोठामै अचत अवस्थामा भेटिएका ३०/३५ वर्षका पुरुष पनि बितेका छन् । भरतपुर–२  जलमा हलस्थित एक घरमा विगत दुई महिनादेखि भाडामा बस्दै आएका पदम जैसी भन्ने व्यक्ति सुत्ने कोठामा अचेत अवस्थामा फेला परेपछि प्रहरीले भरतपुर सरकारी अस्पताल पठाएको थियो । 

अहिले लास अस्पतालमै राखेर घटनाबारे प्रहरी अनुसन्धान भइरहेको बताइएको छ द

टिप्पणीहरू