टाउकोमा कालोपट्टी बाँधेर माइतीघरमा धर्ना निरन्तर

टाउकोमा कालोपट्टी बाँधेर माइतीघरमा धर्ना निरन्तर

साहुकारविरुद्ध लामो समयदेखि संघर्षरत मीटरव्याज पीडितहरू पुन: सडकमा ओर्लिएका छन् । 

पटक-पटक आन्दोलन गर्दा पनि सरकार र सरोकारवालाहरूको कानमा बतास नलागेको भन्दै मीटरव्याजविरुद्ध संघर्ष समितिको अगुवाइमा पीडितहरू आन्दोलित भएका हुन् । भदौ १३ गतेदेखि माइतीघर मण्डलामा धर्ना दिइरहेका उनीहरुले आज छैठौं दिन निरन्तरता दिए । 

संघर्ष समितिका अध्यक्ष श्याम विश्वकर्माको नेतृत्वमा दुई दर्जनको संख्यामा रहेका पीडितहरू टाउकोमा कालोपट्टी बाँधेर मण्डलाको विस्तारित सडक खण्डमा धर्ना बसेका छन् । जाली तमसुक खारेजी, व्याज साहुलाई कारवाही र पीडितको जग्गा फिर्ता नहुँदासम्म आन्दोलन जारी रहने बताइएको छ ।

टिप्पणीहरू