न प्रधानमन्त्री, न कर्मचारी

न प्रधानमन्त्री, न कर्मचारी

यो वर्षको निजामती सेवा दिवसमा न प्रधानमन्त्री सहभागी हुनुभयो, त पुरस्कार पाउने उत्कृष्ट कर्मचारीको नाम नै घोषणा गरियो । सरकारले पुरस्कार दिन योग्य कर्मचारी नभेटेपछि सर्वोत्कृष्ट, उत्कृष्ट र निजामती पुरस्कारको नाम नै उच्चारण गरिएन ।

आज बिहान नेपाल पुलिस क्लबमा आयोजित विशेष समारोहमा गत वर्ष छनोट गरिएका कर्मचारीलाई उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले पुरस्कार प्रदान गर्नुभयो । तर, प्रधानमन्त्री केपी शर्मा ओली विधान महाधिवेशनमा व्यस्त रहेकाले कार्यक्रममा उपस्थित नहुनुभएको बताइन्छ । 

२०७३ पछि दुई लाख रुपैयाँ राशीको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार कसैलाई पनि दिइएको छैन । एक लाख रुपैयाँको उत्कृष्ट निजामती र ५० हजार रुपैयाँको निजामती पुरस्कारका लागि पनि यसपटक उपयुक्त कर्मचारी नभेटिएको हो ।

टिप्पणीहरू