‘जेन जी’ पुस्ता संसद भवनभित्र

‘जेन जी’ पुस्ता संसद भवनभित्र

भ्रष्टाचारविरुद्ध युवा एकताको नारा दिँदै जेन जी समूहले आयोजना गरेको आन्दोलनमा झडप भएको छ । युवाहरुले निषेधित क्षेत्र तोडेर संसद भवन प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको बताइन्छ । सो क्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । 

आठ हजारभन्दा बढी युवाहरु माइतीघरमा भेला भएर नयाँ बानेश्वरतर्फ अघि बढेका छन् । जिल्ला प्रशासन कार्यालयले माइतीघरदेखि एभरेष्ट होटलसम्म मात्रै जुलुस निकाल्न अनुमति दिएकोमा युवाहरु निषेधित क्षेत्र तोडेर संसद भवनको मूल गेटसम्म पुगेपछि प्रहरीले अश्रुग्यास प्रयास गरेको हो ।

युवाहरुले जुलुसको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो च्यातेर सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् । तीनकुनेमा भेला भएका युवाहरुको अर्को समूह पनि संसद भवनको गेटमा पुगेको छ । 

सरकारले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गरेपछि युवाहरु आक्रोशित हुँदै सडकमा आएका हुन् ।

तस्बिरहरु

टिप्पणीहरू