यसो भन्दाभन्दै अवज्ञा
जेन जी पुस्ताको आजको प्रदर्शन अशान्त बनेपछि तत्कालै सबैलाई घर फर्किन आह्वान गरिएको छ । जेन जी नेपाल नामको फेसबुक पेजमा उक्त आह्वान गरिएको छ ।
स्वार्थ प्रेरित समूहहरूले भीडलाई उत्तेजित बनाएको निश्कर्ष निकाल्दै उनीहरुले अराजक प्रदर्शनमा उत्रेकालाई फिर्ता हुन आग्रह गरेका हुन् ।
आजको कार्यक्रम शान्तिपूर्ण हुने बताउँदै आयोजकहरुले हिजो जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका थिए । भ्रष्टाचारविरुद्धको विद्यार्थी समूहको तर्फबाट संस्कार ढकालले जिल्ला प्रशासन कार्यालयमा बिहान १० बजे माइतीघरमा भेला भएर नयाँ बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन गर्ने व्यहोराको निवेदन पेश गरेका थिए ।
ढकालको मेलमा लेखिएको छ, ‘विरोध कार्यक्रम शान्तिपूर्ण, अनुशासित र कानुनको सीमाभित्र रहेर गरिने छ ।’
टिप्पणीहरू