नयाँ बानेश्वरमा कर्फ्युपछि रबरको गोली
प्रहरीले नयाँ बानेश्वरमा गोली चलाएको छ । जेन जी समूहको प्रदर्शन उग्र बनेपछि बाध्य भएर रबरको गोली चलाइएको प्रहरीको दाबी छ ।
मध्यान्ह १२ बजेदेखि कर्फ्यु आदेश जारी गरेपनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेकाले गोली चलाइएको हो । प्रदर्शनकारीले संसदको २ नम्बर गेटमा आगजनी गरेका छन् ।
केही प्रदर्शनकारी संसद भवनको पर्खाल नाघेर भित्र छिरेपछि प्रहरीले कर्फ्यु आदेश र रबरको गोली प्रहार गरेको हो ।
टिप्पणीहरू