फेरि बानेश्वरमा जुट्न थाले प्रदर्शनकारी
संसद भवन परिसर सेनाले नियन्त्रणमा लिएपछि अपरान्ह तितरबितर भएका प्रदर्शनकारीहरू पुनः नयाँ बानेश्वरमा जुट्न थालेका छन् । उनीहरूले नयाँ बानेश्वरमा भेला भएर ढुंगामुढा शुरु गरेका हुन् । आक्रामक देखिएका प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगा प्रहार गरिरहेका छन् ।
भ्रष्टाचार र सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध आन्दोलनमा उत्रिएको जेन जी युवाहरू संसद् भवन छिरेपछि गोली चलाउनुपरेको प्रहरीको भनाइ छ । हालसम्म झण्डै दुई दर्जनको ज्यान गइसकेको छ भने सयौं घाइते भएका छन् ।
विभिन्न अस्पतालमा उपचार भइरहेकामध्ये मीनभवनस्थित सिभिल अस्पतालमा मात्रै दुई सयको हाराहारीमा रहेको बताइन्छ । गम्भीर घाइतेहरुलाई ट्रमा सेन्टर लगिएको छ ।
टिप्पणीहरू