विपक्षीहरुको छलफलमा रास्वपा नबस्ने, छुट्टै बैठकको तयारी
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको विपक्षी दलहरुको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहभागी नहुने भएको छ । प्रचण्डले माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान साढे ८ विपक्षी दलको बैठक बोलाएपछि रास्वपाले उक्त जवाफ दिएको हो ।
जेन जी समूहले सरकारविरुद्ध हिजो गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विपक्षी दलहरुको बैठक बोलाउनुभएको हो ।
यता रास्वपाले आज दिउँसो १ बजे पार्टी कार्यालयमा केन्द्रीय समितिको आकस्मिक बैठक डाकेको छ ।
टिप्पणीहरू