‘जेन जी’ लाई प्रश्नः भ्रष्टाचार मेटाउने आन्दोलन थियो कि भ्रष्टाचारी जोगाउने ?
जेनेरेशन जेड अर्थात ‘जेन जी’ पुस्ताको भ्रष्टाचार र सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध शान्तिपूर्ण आन्दोलन एकाएक हिंसात्मक र ध्वंशात्मक बन्दा राज्यका तीनै अङ्ग जलेर ध्वस्त बनेको छ । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार,सर्वोच्च अदालत र सँसद खरानीमा परिणत भएको छ ।
नेपाली ऐतिहासिक वास्तुशिल्पको पहिचान सिंहदरबार अब तस्विरमा सिमित रहने भयो । संसद भवन, सर्वोच्च अदालत,मालपोत कार्यालय,अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी कार्यालयहरु दनदनी बलेको छ । ती भवनसँगै थुप्रै प्रमाण जलेको छ । प्रमाण रहेका निकायहरुलाई टार्गेट गरिगरी जलाउनुले एउटा गम्भीर प्रश्न उठेको छ–यो भ्रष्टाचारीलाई जोगाउने आन्दोलन थियो कि उनीहरुविरुद्धको प्रमाण मेटाउने ?
भ्रष्टाचारीलाई कठघरामा उभ्याउन पनि प्रमाण चाहिन्छ । तर,प्रमाण जलेर खरानी भइसकेको छ । एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले भिडियो सार्वजनिक गर्दै भ्रष्टाचारीविरुद्धको आन्दोलनलाई भ्रष्टाचारीको प्रमाण मेटाउने आन्दोलन बनाइएको भनी आक्रोश पोखेका छन् । ‘बा’ हरु लखेटे पनि उनीहरुको चाकडी गर्न नछोडेको उल्लेख गर्दै उनले देशभन्दा अगाडि ‘बा’ हरुलाई राखिएको आरोप लगाएका छन् ।
भ्रष्टाचारीलाई कठघरामा उभ्याउन पनि प्रमाण चाहिन्छ । तर,प्रमाण जलेर खरानी भइसकेको छ ।
‘भ्रष्टाचारीहरुविरुद्ध गरेको आन्दोलनलाई लाष्टमा भ्रष्टाचारीको प्रमाण मेटाउने आन्दोलन बनाइयो । थुक्क झोलेहरु,अब कसरी उभ्याउने कठघरामा ?’,उनको प्रश्न छ ।
उनको भिडियोमा कमेण्ट गर्दै अदिती पौडेलले आफ्नै कर्तुत लुकाउनका लागि तीनै अङ्ग जलाइएको जिकिर गरेकी छन् । उनले लेखेकी छिन्,‘भ्रष्टाचारका प्रमाणहरु लुकाउन र आफ्नै कर्तुत बाहिर नआओस् भन्ने डरले हालै नेपालका तीनै अंङ्ग र अन्य सरकारी कार्यालयहरुमा भएको आगलागी योजनाबद्ध गराइएको हुनसक्छ भन्ने शंका बलियो हुँदै गएको छ । यो सामान्य दुर्घटना होइन,बरु पुराना भ्रष्टाचारका फाइल र अभिलेख नष्ट गर्ने सुनियोजित प्रयास हो भन्ने धारणा जनतामाझ फैलिएको छ ।’
टिप्पणीहरू