भरतपुर कारागारबाट सबै कैदीबन्दी भागे
जेन जी आन्दोलनको मौका पारेर रवि लामिछानेलाई छुटाईएजस्तै देशका विभिन्न कारागारमा रहेका कैदीबन्दीहरू पनि बाहिर निस्कन थालेका छन् ।
यसबीच चितवनको भरतपुर कारागारबाट आज बिहान सुरक्षा घेरा तोडेर सबै कैदीबन्दी भागेका छन् । ‘रवि लामिछानेलाई छोड्ने हामीलाई नछोड्ने’ भन्दै रातिदेखि विद्रोह थालेका कैदीबन्दीहरु बिहान आठ बजेतिर कारागारभित्र आगजनी र तोडफोड गर्दै पर्खाल फुटाएर, गेट तोडेर निस्केका हुन् ।
जेलर रविन्द्र ढुंगानाका अनुसार कारागार कार्यालय भरतपुरमा सातसय ४२ जना कैदीबन्दी थिए । अहिले एकजना पनि छैनन् ।
टिप्पणीहरू