मोरङमा कर्फ्यु लगाइयो
मोरङमा कर्फ्यु आदेश जारी भएको छ । स्थानीय प्रशासनले आज साँझ ५ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु लगाएको हो ।
प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले कर्फ्यु आदेश जारी गर्दै अति आवश्यक सवारी साधन (दमकल, एम्बुलेन्स,शव वाहन,स्वास्थ्यकर्मी) आवतजावतबाहेक कुनै पनि किसिमको सभा,जुलुस,भेला,धर्नाजस्ता काम नगर्न भनेका छन् ।
‘यो आदेशको उल्लंघन गरी उल्लेखित कार्यहरु गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ,’ उनको चेतावनी छ ।
टिप्पणीहरू