सँविधान हेरेर बल्ल प्रधानमन्त्री छान्न सुझाव

सँविधान हेरेर बल्ल प्रधानमन्त्री छान्न सुझाव

अन्तरिम सरकारको नेतृत्वका लागि जेन जी समूहले व्यक्ति छान्ने क्रममा अहिलेसम्म धेरैले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीप्रति मत जाहेर गरेका छन् भने हर्क साम्पाङ्ग र कुलमान घिसिङ्गले पनि यही मेसोमा प्रधान सेनापतिसङ्ग सल्लाह गरिसकेका छन् । सोही लाइनमा रहेका अर्का सागर ढकालले भने प्रधानमन्त्री बन्न सजिलो नभएकोले पहिले संविधान,कानुन हेर्न सुझाएका छन् । 

उनले कोही पनि तयार नभए आफू मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको जनाएका छन् । धेरैले आफैँलाई अघि सारेकोतर्फ इङ्गित गर्दै उनी भन्छन्, ‘म त्यो लाइनमा छैन ।’

उनले सामाजिक सञ्जालमा आफ्नो धारणा लेख्दै जेन जीहरुलाई सुझाएका छन्, ‘प्रधानमन्त्री छान्नको लागि कानुन विधि पद्धति,संविधान हेर्नुपर्छ ।’

टिप्पणीहरू