आन्दोलनमा लुटिएका मोटरसाइकल भेटिंदै
जेनजी आन्दोलनको नाममा लुटिएका सवारी साधनहरु धमाधम फेला पर्न थालेका छन् ।
काठमाडौँ उपत्यकासहित आसपासका जिल्लाबाट चोरी भएका साधनहरू फेला पारी स्थानीयको सहयोगमा सम्बन्धित धनीलाई हस्तान्तरण गर्न थालिएको हो । मंगलबार आन्दोलनको क्रममा लुटिएको र जहरसिंपौवाबाट नियन्त्रणमा लिइएको एउटा पल्सर बाइक (२२० सीसी) आज सवारी धनीलाई हस्तान्तरण गरिएको छ ।
जहरसिंपौवाका युवाहरुले लुटेराहरुबाट बाइक नियन्त्रणमा लिइ सवारीधनी सुवास लामालाई बुझाएका हुन् । सिन्धुपाल्चोकको बाह्रविसे घर भएका लामाले आफ्नो बाइक मेडिकल कलेजबाट चोरी भएको र पुन: पाउँदा खुशी लागेको बताएका छन् ।
उनले बाइक फर्काउन सहयोग गरेकोमा जहरसिंपौवाका स्थानीय युवाहरुलाई धन्यवादसमेत दिएका छन् । आन्दोलनमा लुटिएका यस्ता थुप्रै सवारी साधन भेटाएर सम्बन्धित व्यक्तिलाई बुझाउनेक्रम चलिरहेको छ ।
टिप्पणीहरू