कुलमानलाई सरकारको नेतृत्व सुम्पने विज्ञप्ति ‘फेक’
नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई अब बन्ने अन्तरिम सरकारको नेतृत्वमा पठाउने भनी जेन–जी नेपालका नाममा जारी विज्ञप्ति नक्कली भएको पाइएको छ । घिसिङ्ग स्वयमंले सो विज्ञप्ति नक्कली भएको पुष्टि गरेका हुन् ।
जनआस्थासँग उनले भने,‘त्यो विज्ञप्ति नक्कली हो । मलाई अन्तरिम सरकारको नेतृत्वमा पठाउने कुनै निर्णय भएको छैन ।’ जेन–जी नेपालका नाममा केही बेरअघि एउटा विज्ञप्ति जारी भएको छ । जसमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अयोग्य,काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको अरुचि र धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ्गमा नेतृत्व गर्ने सम्भावना कम भएकाले घिसिङ्गलाई नेतृत्व बनाउने निर्णय भएको उल्लेख छ ।
"जसमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अयोग्य,काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको अरुचि र धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ्गमा नेतृत्व गर्ने सम्भावना कम भएकाले घिसिङ्गलाई नेतृत्व बनाउने निर्णय भएको उल्लेख छ । "
विज्ञप्तिमा भनिएको छ,‘बालेन्द्र साहले रुचि नदेखाउनुभएको,हर्क साम्पाङ्गले सबैलाई नेतृत्व गर्न सक्ने सम्भावना कम भएको र सुशीला कार्की अयोग्य तथा ७० वर्ष उमेरमाथिको हुनुभएकोले नेपाललाई लोडसेडिङबाट मुक्त गराउने देशभक्त व्यक्ति,सबैले रुचाएको इञ्जिनियर कुलमान घिसिङ्गलाई अन्तरिम सरकारको नेतृत्वमा पठाउने निर्णय भएको छ ।’

टिप्पणीहरू