आगो लगाइएको सिंहदरबारका भित्री संरचना कुन हालतमा छन् ?

आगो लगाइएको सिंहदरबारका भित्री संरचना कुन हालतमा छन् ?

जेन–जी आन्दोलनका नाममा जलाइएको मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारबाट अझै धुँवा निस्किरहेको छ । सामाजिक सञ्जालमाथि प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनले उग्र रुप लिँदा सिंहदरबारसहित राज्यका प्रमुख अंग व्यवस्थापिका,न्यायपालिका र कार्यपालिकाका भौतिक संरचनामा अन्धाधुन्ध आगो लगाइएको थियोे । 

मुलुकको सर्वाधिक ठूलो सरकारी भवन सिंहदरबारमा दनदनी आगो बालिँदा त्यहाँभित्रका केही संरचना भने जोगिएको भेटिएको छ । आगजनीबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,गृह मन्त्रालय र अर्थ मन्त्रालय पूर्ण रुपमा ध्वस्त हुँदा अन्य मन्त्रालय र निकायमा आंशिक क्षति पुगेको देखिन्छ । 

आगजनीबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,गृह मन्त्रालय र अर्थ मन्त्रालय पूर्ण रुपमा ध्वस्त हुँदा अन्य मन्त्रालय र निकायमा आंशिक क्षति पुगेको छ ।

जनआस्थाले गरेको स्थलगत रिपोर्टिङ्गमा सिंहदरबारभित्र रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय,उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय,श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,कानून,न्याय तथा संसदीय मामिला मन्त्रालय,शहरी विकास मन्त्रालय,संसद सचिवालय, रेडियो नेपाललगायतमा तोडफोड मात्र भएको पाइएको छ । 

यी मन्त्रालय तथा निकाय मर्मत गरेर पुनः सञ्चालन गर्न सकिने देखिन्छन् । प्रदर्शनकारीहरुले सरकारी गाडीमा समेत आगो लगाएका थिए । त्यसक्रममा सिंहदरबारभित्र रहेका ६० प्रतिशत सरकारी सवारी साधनमा क्षति पुगेको देखिएको छ । यद्यपि,धेरै सवारी साधन मर्मत गरेर पुनः सञ्चालन गर्न सकिने अवस्थाका छन् । स्वास्थ्य मन्त्रालय सतप्रतिशत खरानी भएको छ ।

टिप्पणीहरू