भोलि दिउँसो निषेधाज्ञा एक घण्टा कम
नेपाली सेनाले भोलि बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा घोषणा गरेको छ । काठमाडौं उपत्यकामा आज बिहान १० बजेदेखि ५ बजेसम्म लगाइएको निषेधाज्ञा भोलि ११ बजे लगाईँदैछ ।
आज साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यू लागेको छ ।
निषेधाज्ञामा सर्वसाधारणले सानो समूहमा बजारमा किनमेल, अत्यावश्यक काममा जाउआउ गर्न सक्छन् । सेनाले कर्फ्यूको समयमा सुरक्षकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स, शव वाहन, दमकल, सञ्चारकर्मी अत्यावश्यक सामाग्री ओसारपसार गर्ने साधनलाई मात्रै अनुमति रहेको जनाएको छ ।


टिप्पणीहरू