‘आजको नमाज घर नजिकैको मस्जिदमा’

‘आजको नमाज घर नजिकैको मस्जिदमा’

नेपाली जामे मस्जिदले आज दिउँसो पढिने नमाज (जुमुआ) काठमाडौं उपत्यकाको हकमा मुस्लिम भक्तजनहरुलाई घर नजिकैको मस्जिदमा पढ्न अनुरोध गरेको छ ।

हरेक दिउँसो १ बजे घण्टाघर नजिकैको नेपाली जामे मस्जिदमा पढिने नमाज आज दिउँसो निषेधाज्ञाको कारण घर नजिकैको मस्जिदमा पढ्न भनिएको छ ।

नेपाली सेनाले जारी गरेको निषेधाज्ञाको कारण घण्टाघरमा दिउँसो उपस्थित भएर नमाज पढ्न सकिने अवस्था छैन । त्यसैले सबैले घर नजिकैको मस्जिदमा नमाज पढेर सहयोग गरिदिन नेपाली जामे मस्जिद (धार्मिक स्थल) सञ्चालक समितिको तर्फबाट सचिव मन्सुर हुसैनले अनुरोध गरेका हुन् ।

टिप्पणीहरू