सात समुद्रपारि अमेरिकाबाट आयो विज्ञप्ति
अमेरिकी सिनेटरहरूले नेपालमा शान्ति र लोकतान्त्रिक प्रक्रिया कायम राख्न आग्रह गरेका छन् । अमेरिकी सिनेटको विदेश सम्बन्ध समितिका सदस्यहरू सिनेटर जिन साहिन र क्रिस भ्यान होलनले वर्तमान अस्थिरताबीच लोकतान्त्रिक प्रक्रियामार्फत नेपालमा शान्ति कायम गर्न आग्रह गरेका हुन् ।
हिजो जारी विज्ञप्तिमा नेपालमा भएको हिंसा र आगजनीलाई अस्वीकार्य कदम भनिएको छ । त्यसबाट पीडित तथा उनका परिवारप्रति गहिरो संवेदना प्रकट गर्दै नागरिकमाथि गरिएको अत्यधिक बल प्रयोगका जिम्मेवारलाई कारबाहीको माग गरिएको छ।
नेपालमा भएको हिंसा र आगजनीलाई अस्वीकार्य कदम भनिएको छ ।
सिनेटरहरूले पछिल्ला दुई दशकमा नेपाली नागरिकहरूको ठूलो योगदानमार्फत प्राप्त लोकतान्त्रिक प्रगतिलाई स्मरण गर्दै ती उपलब्धिहरू जोगाउनुपर्नेमा जोड दिएका छन् । ‘शान्त,पूर्ण लोकतान्त्रिक र गतिशील नेपाल नेपालीसँगै अरु सबै क्षेत्रको कामना हो’ उनीहरुले भनेका छन् ।
गएराति राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको सर्वपक्षीय वार्तामा सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने सहमति भैसकेको छ ।
टिप्पणीहरू