ध्वंसपछिको तातो खरानीमै चिरिच्याट्टको तयारी

ध्वंसपछिको तातो खरानीमै चिरिच्याट्टको तयारी

जेन जी आन्दोलनपछिको आगजनी र तोडफोडले केन्द्रीय सचिवालय सिंहदरबारदेखि सरकारी संरचना खरानीमा परिणत भएको छ । संसद भवन जलाइएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ध्वस्त पारिएको छ । गृह मन्त्रालयदेखि केन्द्रीय निकायसम्म वरपर तातो खरानीमात्र बाँकी छ ।

तर यही खरानीमाथि अब नयाँ सुरुवात थालिने जनाइएको छ । अन्तरिम सरकार गठनको प्रक्रिया अघि बढेसँगै प्रधानमन्त्री र मन्त्रिपरिषद्का लागि अस्थायी कार्यस्थल गृह मन्त्रालयको नयाँ भवनमा बनाउन थालिएको छ । जलेका कुर्सी, फर्निचर, सोफा, कार्पेटको सट्टा नयाँ ल्याउन थालिएको छ ।

शीतल निवासमा राष्ट्रपति र विभिन्न पक्षबीच अन्तरिम सरकारबारे कडा रस्साकसी भइरहेको छ । सडकमा आन्दोलनकारीहरूले “संविधानको बाटो” भन्दै दवाब बढाइरहेका छन् । सेनाले मुलुकको सुरक्षा कमाण्ड सम्हालेको तीन दिन भइसकेको छ । 

यस्तो अवस्थामा सिंहदरबार भित्र बनाइएको नयाँ गृह मन्त्रालयको भवनमा अस्थायी प्रधानमन्त्री कार्यालय बसाल्ने तयारी गरिएको हो ।

तस्बिरहरु

टिप्पणीहरू