कोही मरे माथिबाट फलामको ढिक्को झरेर,दोष लाग्यो प्रहरीलाई
जेनेरेशन जेड अर्थात ‘जेन–जी’ ले भ्रष्टाचार र सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध भदौ २३ र २४ गते गरेको आन्दोलनमा करिब पाँच दर्जनको मृत्यु भएको छ । राजधानीको माइतीघर मण्डलाबाट शुरु भएको शान्तिपूर्ण आन्दोलन नयाँ बानेश्वर पुगेपछि अराजक बन्यो । आन्दोलनकारी संसद भवन छिर्न खोजेपछि प्रहरीले चोली चलायो ।
गोली लागेर झण्डै दुई दर्जनको मृत्यु भएको देखिन्छ । तर गोली अन्तबाट पनि चलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कसैको आन्दोलनकारीले लगाएको आगोमा जलेर ज्यान गएको छ त कसैको आफैंले तोडफोड गर्दा खसेको सामान लागेर । एनसेलको कार्यालय तोडफोड र आगजनी गर्ने क्रममा माथिबाट खसेको सामान टाउकोमा लागेर एक जनाको मृत्यु भएको छ।
"बराष्ट्रिय झण्डा हातमा बोकेर दौडिँदै गरेका ती युवकमाथि छतबाट भारी सामान खस्छ । र,उनी त्यहीँ ढल्छन् । अन्य आन्दोलनकारीले हातखुट्टामा समातेर दौडाउँदै अस्पताल लगेकोमा उनको निधन भएको छ ।"
राष्ट्रिय झण्डा हातमा बोकेर दौडिँदै गरेका ती युवकमाथि छतबाट भारी सामान खस्छ । र,उनी त्यहीँ ढल्छन् । अन्य आन्दोलनकारीले हातखुट्टामा समातेर दौडाउँदै अस्पताल लगेकोमा उनको निधन भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता भीमबहादुर त्यसैगरी धेरै जना मरेको र प्रहरीलाई दोष मात्र दिएको बताउँछन् ।
उनी लेख्छन्,‘यस्ता खालका थुप्रै मान्छे यसरी मरेका छन् । सबै पुलिसको गोलीले मात्रै मरेका होइनन् । कोही करेण्ट लागेर,कोही जलेर पनि मरेका छन् । समग्रमा यो आन्दोलन त्यति ठीक होइन ।’ गोली पनि प्रहरीले मात्रै नहानेको बिष्टको दावी छ । उनले लेखेका छन्,‘गोली पनि पुलिसले नहानेको हुनसक्छ किनभने बन्दुक यिनीहरुकै हातमा देखिन्छ । यसरी हानेर आफ्नै साथी मारेछन् । यो सुनियोजित खेल हो ।’
‘प्रहरीको गोलीले मात्रै शहिद भएको होइन रैछ’,सामाजिक सञ्जालमा यो पनि भेटिएको छ ।
टिप्पणीहरू