नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी सवारी

नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी सवारी

नेपालीहरुको महान चाड आज दशैंबाट सुरु भइसकेको छ । यो बेला प्रहरीले विशेष सुरक्षा योजना सञ्चालन गर्नुपर्ने हुन्छ । मुलुकमा भर्खरैमात्र जेनजी आन्दोलनका नाममा त्यत्रो विध्वंश भयो । कति प्रहरी कार्यालयहरु नै ध्वस्त पारिए, प्रहरी अधिकारी पनि मारिएपछि प्रहरीको मनोबल घट्ने नै भयो । यही बेला चितवनमा पहिरोलेसमेत दुःख दिएको छ ।     

यतिबेला आफूहरु दोहोरो मारमा परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले बताए । ‘अहिले ७२ घन्टा भयो प्रहरी बल त्यहाँ खटिएको’, डीएसपी खनालले भने, ‘सुरक्षा सतर्कता पनि अपनाउनुपर्ने छ, यात्रुहरुको सहजताको लागि बाटो पनि खुलाउनुछ ।’ तुइनखोलामाथि अझै साना, ठूला जोखिमी ढुंगा र चट्टानहरु रहेको सुरक्षा अधिकारीहरु बताउँछन् । जुनसुकै बेला पहिरो खस्नसक्ने जोखिम हुँदा अझै रातिको हकमा गाडी सुचारु गर्ने कि नगर्ने भन्ने अन्यौल छ ।

शुक्रबार साँझदेखिको पहिरो पन्छाएपछि हिजो दिउँसो ४ बजेतिरबाट एकतर्फी सञ्चालनमा आएको र राति फेरि बन्द गरी बिहान खुलाइएको नारायणगढ–मुग्लिन सडक पहिरो पन्छाउनेक्रममा फेरि आज दिउँसो १–३ बजेसम्म बन्द गरिएकोमा सुचारु गर्न केही ढिलाइ भइरहेको बुझिन्छ । ‘दुईतर्फी नै खुलाउने भनेर लागेका छौं’, सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेले भने । अहिले पनि काम गर्दागर्दै साना पहिरो खसिरहेको उनले बताए । 

‘सडक खुलाउन कम्तीमा छ बज्ने देखिन्छ’ जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माले भने । तर अबको एक–डेढ घन्टापछि सडक दुवैतर्फी नै सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भर्खरै पहिरोेस्थलबाट जानकारी गराएका छन् । बेलुकी १० बजेसम्म जति गाडी पास हुन्छन्, त्यसपछि विचार गरिने प्रजिअले बताएका छन् । 

टिप्पणीहरू