सुदन गुरुङ्गहरु मन्त्री छान्न फेरि शीतल निवासमा ?

सुदन गुरुङ्गहरु मन्त्री छान्न फेरि शीतल निवासमा ?

राष्ट्रपति रामचन्द्र पौडेलसँग भोलिका निम्ति निर्धारित वार्ताअघि आजै बेलुकी सुधन गुरुङ र मिराज ढुंगाना शीतल निवास छिरेको अरु जेन जी समूहले आरोप लगाएका छन् । चार जना रहेको सुधनको गाडी शीतल निवास छिरेको र ढुंगाना चढेको गाडीका अरुलाई बाहिरै रोकिएको अन्य जेन जीको दाबी छ । प्रेस सल्लाहकार किरण पोखरेलले भने रास्ट्रपति आज अस्पतालबाट डिस्चार्ज भएर आराम गरिरहनुभएकोले आफूहरुको समेत भेट हुन नसकेको अवस्थामा जेनजीसङ्ग उहाँको छलफलको सम्भावनै नरहेको बताए ।

भोलि नयाँ मन्त्रीहरु नियुक्त हुने बताइएकाले भीडभाड हुने,यसअघि घोषित मन्त्रीहरुको नाममा विवाद देखिएकाले त्यसलाई अन्तिम रुप दिने र भोलिको जेन जी भेटवार्तालाई औपचारिक रुपमा टुंग्याउन आजै त्यहाँ गएको अरुको आरोप छ । कतिपयले प्रधानमन्त्री सुशीला कार्कीसमेत शीतल निवास पुगेको भनिए पनि यसको समेत प्रधानमन्त्री तथा राष्ट्रपति सचिवालयले पुष्टि गरेको छैन ।

मन्त्री नियुक्तिको प्रक्रिया थालिएकाले गणपतिलाल श्रेष्ठको नाममा बिबाद नरहेको स्रोतको दाबी छ । उनको नाममा एक साताअघि नै अधिकांश मन्त्रीहरुले समर्थन जनाएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो । उपत्यकाको नेवार समुदायका र सम्पदा सँरक्षणका अथक यात्रीको रुपमा चिनिने श्रेष्ठसँगै रौतहटका डा.राजु चमार पनि मन्त्री बन्ने सम्भावना मरिहालेको छैन । यसअघि नाम सार्वजनिक भएर विवादमा तानिएका बब्लु गुप्ता र हुम्लाकी टासीको च्याप्टर भने बन्द भएको बुझिएको छ ।

आधा दर्जन मन्त्री थप्ने तयारी रहेको बताउँदै स्रोत भन्छ,‘पर्यटनमा थपिने मन्त्रीबाहेक जेन जीको तर्फबाट तीन जना र अरु उमेर समूहका दुई जना हुनेछन् ।’

टिप्पणीहरू