कुलमान आउनासाथ पूर्व बिजुली मन्त्री दिपक खड्काले छाडे देश

कुलमान आउनासाथ पूर्व बिजुली मन्त्री दिपक खड्काले छाडे देश

पूर्व ऊर्जामन्त्री दिपक खड्काले बदलिँदो राजनीतिक परिवेशलाई ध्यानमा राखेर मुलुक छाडेको बुझिएको छ । उनको गृह जिल्ला संखुवासभाका काँग्रेसी नेता तथा कार्यकर्ताले समेत यो सूचनालाई पुष्टि गरेका छन् । 

भदौ २४ गतेको विध्वंशमा बूढानीलकण्ठ नजिकैको उनको निवास पनि खरानी बनाइएको थियो । खड्काको निवासभित्र एक हजार र पाँच सयको नोटसँगै विदेशी मुद्रा असंख्य रहेको भन्दै हालिएका फोटा र भिडियो सामाजिक सञ्जालमा छरपस्ट  छ । त्यसको आधिकारिक पुष्टि नभइसकेको अनुसन्धानमा संलग्न सरकारी अधिकारीहरुले बताएका छन् । 

यसबीच उनी स्थलमार्ग हुँदै भारत प्रवेश गरेर नयाँ दिल्लीबाट अमेरिका गएको चर्चा चलेसङ्गै गृह मन्त्रालय र प्रहरीले सोधखोज थालेको बुझिएको छ । स्रोत भन्छ, ‘सरकार परिवर्तनभन्दा पनि कुलमान ऊर्जामन्त्री बनेपछि उनले सम्भावित परिदृश्यलाई ध्यानमा राखेर मुलुक छाडेको हुनुपर्छ । झण्डै तीन सातादेखि उनी र श्रीमती नातेदार परिवारका अन्य सदस्यसँग समेत मोबाइल स्विच अफ गरी सम्पर्कमा छैनन् ।’

केहीलाई चाहिँ ससुरा बिरामी भएर भारत गएको भनिएको छ तर उतै उतै अमेरिका पुगेको श्रोतको दावी छ ।

टिप्पणीहरू