भारतीयको कोठाबाट लाखौं नगद र आधा क्विण्टल चाँदी बरामद

भारतीयको कोठाबाट लाखौं नगद र आधा क्विण्टल चाँदी बरामद

प्रहरीले एक जना भारतीयलाई लाखौं नगद र ५० केजीभन्दा बढी चाँदी र त्यसका सामानसहित पक्रेको छ । ललितपुर महानगरपालिका–१६, धौगलमा भाडामा बस्दै आएका ३१ वर्षीय भारतीय नागरिक अभिशेख शेखरलाई अवैध चाँदी र रकमसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

शेखरको कोठाबाट ५० केजी ७४ ग्राम चाँदी, १२ लाख ९१ हजार ७५ नेपाली रुपैयाँ र एक हजार २७० भारतीय रुपैयाँ बरामद गरिएको छ । साथै, चाँदी जोख्ने मेसिन, गहना प्याक गर्ने विभिन्न प्लास्टिक, ई–भि साइकल, मोबाइल फोन तीन थान र ट्याब्लेट एक थान समेत फेला परेको प्रहरीको भनाई छ । 

उनलाई आज दिउँसो साढे १ बजे नियन्त्रणमा लिइएको थियो । भारतको घोरसहान, पूर्वी चम्पारणका शेखरमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।


 

टिप्पणीहरू