कुलमान आउनासाथ देश छाडे उनले
डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता असुली प्रकरणमा अर्बौं घोटाला गरेको आरोप लागेका पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दिपक खड्का बिदेश पुगेका छन् । जेन जी प्रदर्शनपछि केही दिन मोबाइल अफ गरेर गुप्तवास बसेका उनी स्थलमार्गबाट भारत हुँदै सिङ्गापुरसम्म पुगेको उच्च स्रोतले बतायो ।
भदौ २४ गते काठमाडौँको बूढानीलकण्ठस्थित खड्का निवासमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । उर्जामन्त्री हुँदा बिचौलियासँग मिलेर व्यापक आर्थिक अनियमितता गरेको आरोप लागेका उनको निवासभित्र एक हजार र पाँच सयको नोटसँगै विदेशी मुद्रा असंख्य भेटिएको फोटो र भिडियो सार्वजनिक भएको थियो । सम्पति शुद्धिकरण विभागले त्यसमाथि अनुसन्धानको तयारी गरिरहेका बेला सुटुक्क भागेका उनी तत्काल नआउने पुष्टि उच्च सरकारी स्रोतले गरेको छ ।
स्काउटको जग्गा हिनामिनाको अभियोग बोकेरै बिपीपुत्र सशांक कोइरालाको कोटामा मन्त्री बनेका खड्का अनेक विवादमा मुछिएका पात्र हुन् । जलविद्युत कम्पनीको लाइसेन्स वितरण, पिपिए,प्राधिकरणको ठेक्का प्रक्रियामा बिचौलियासँग मिलेर अकूत सम्पत्ति कमाएको आरोप उनीमाथि छ ।
सामान्य ट्रेकिङ भरियाको हैसियतबाट अर्बौको मालिक भएका खड्काको सम्पत्तिको स्रोत खोजी भैरहेको अनुसन्धानमा संलग्न एक अधिकारी बताउँछन् ।
खड्का नामुद बिचौलिया दीपक भट्टका व्यावसायिक साझेदारसमेत हुन् । उनले गृहजिल्ला संखुवासभाको अरुण तेस्रोका सबै परियोजना सोमेन्द्रजंग थापाबाट खोसेर भट्टलाई सुम्पिएका थिए ।
मन्त्री नियुक्त भएलगत्तै डेडिकेटेड तथा ट्रंकलाइनको २० अर्ब बक्यौता नउठाउन नेपाल विद्युत प्राधिकरणकलाई ठाडो निर्देशन दिएपछि थप चर्चा र विवादमा आए । प्रधानमन्त्री केपी ओलीसँग मिलेर उनले विभिन्न व्यावसायिक घरानाले उध्योगमा प्रयोग गरेको बिजुलीको २० अर्ब रकम तिर्न नपर्ने बनाएपछि सरकार र प्राधिकरणबीच लामो समय द्वन्द्वसमेत चल्यो ।
तर,प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको अडानका कारण व्यापारी पोस्ने खड्काको चाहना पूरा भएन । त्यसपछि उनले कुलमानलाई प्राधिकरणबाट निकालेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेका थिए । अहिले उनै कुलमान उर्जामन्त्री बनेपछि आफ्ना सबै कर्तुत खुल्ने डरले रातारात भागेको बुझिन्छ ।
उनै कुलमान उर्जामन्त्री बनेपछि जुनसुकै बेला समातिन सक्ने भएर भागेका हुन्', उच्च सरकारी स्रोत भन्छ,
'केपी ओलीसँग मिलेर २२ अर्बबाट ८ अर्बमा झारी त्यो पनि व्यापारीलाई तिर्न नपर्ने बनाएको कुरा कुलमान घिसिङलाई थाहा छ । अहिले कुलमान उर्जामन्त्री बनेपछि जुनसुकै बेला समातिन सक्ने भएर भागेका हुन्', उच्च सरकारी स्रोत भन्छ,'उनले अस्वाभाविक सम्पत्ति आर्जन गरेको आशंका त्यतिबेलै गरिएको थियो । सम्पत्ति शुद्धीकरण विभागले थप प्रमाण संकलन गरिरहेको छ ।'
नेपाली काँग्रेसमा सशांक,शेखर, शेरबहादुर देउवा र आरजु राणालाई मिलाउने ठूलो बिचौलिया बनेका खड्काले राजनीतिमा लागेरै अकूत सम्पत्ति कमाएको देखिन्छ । अहिले अर्बौंको मालिक उनी राजनीतिमा आउनुअघि सामान्य ट्रेकिङ भरिया थिए ।
खड्काको आर्थिक हैसियत र पारिवारिक पृष्ठभूमिबारे जानकार स्रोत भन्छ, 'खासमा यिनी सामान्य परिवारका मान्छे नै हुन्,पहिले ट्रेकिङ भरियाको काम गर्थे । जापनिज केटी बिहा गरेपछि उनैको पैसाले व्यवसाय गर्न थाले । त्यसपछि राजनीतिमा लागेका हुन् ।'
ट्रेकिङकै क्रममा जापानिज पर्यटकको एउटा टोलीले उनको भाग्य बदलिदिएको बताउँदै स्रोत थप सुनाउँछ, 'नेपाल घुम्न आएको एउटा जापनिज टोलीलाई अन्नपूर्ण बेसक्याम्प घुमाउन लैजाँदा बेलुका बास बसिसकेको ठाउँबाट सारेर उनले अर्को होटलमा लगेका थिए । संयोगवश के भयो भने पहिला बसेको होटल पहिरोले लगेपछि जापानिजहरुलाई खड्काले ज्यान जोगाइदिए भन्ने पर्न गयो । तर, उनले होटल सारेको चैं कमिशनका लागि थियो ।'
त्यस घटनापछि जापानिजहरूसँग सम्बन्ध राम्रो बनाएका खड्काको एकजना जापानी महिलासँग बिबाह भयो । तर,ती महिला क्यान्सर लागेर बितेपछि उताको सबै सम्पत्ति नेपाल ल्याए । र, त्यसैबाट व्यवसायमा जग बसाएका उनले छोटो समयमै ठूलो तरक्की गरे ।
बूढानिलकण्ठलाई भेटी चढाएर सांसदको टिकट हत्याउन सफल भएका उनी सशांकको कोटामा मन्त्री बने । सामान्य ट्रेकिङ भरियाको हैसियतबाट अर्बौको मालिक भएका खड्काको सम्पत्तिको स्रोत खोजी भैरहेको अनुसन्धानमा संलग्न एक अधिकारी बताउँछन् ।
यता अनुसन्धान चलिरहँदा खड्का भने सम्पर्कमा छैनन् । ससुरा बिरामी भएको बहानामा मोबाइल अफ गरेर स्थलमार्ग हुँदै भारत प्रवेश गरेका र नयाँ दिल्लीबाट बाहिरिएका उनी ब्यापारीको घरमा बसेको अनुमान गरिएको छ । खड्काका छोरीहरू भने अमेरिकामा बस्दै आएका छन् ।
टिप्पणीहरू