सरकारलाई चाहिए फुकुवा,नचाहिए रोक
तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीलाई सात दिनका लागि उपत्यका बाहिर जान अनुमति दिइएको छ। तर विदेश भ्रमणमा लगाइएको रोक भने यथावत् छ ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले हाल राष्ट्रिय योजना आयोगमा रहेका दुवाडीलाई भदौ २३ र २४ गतेको ‘जेन्जी पुस्ता आन्दोलन’का क्रममा भएको क्षतिको मूल्याङ्कनका लागि स्थलगत अवलोकन भ्रमणमा सहभागी हुन अनुमति दिइएको जनाएको छ ।
आयोगका अनुसार दुवाडीले आन्दोलनका क्रममा गृहसचिवको हैसियतमा गरेको कामसम्बन्धी अनुसन्धानमा सहयोग गर्न जुनसुकै बेला आयोगमा उपस्थित हुनुपर्ने भएकाले अनुमति अवधि सात दिनभन्दा बढी नहुने र विदेश भ्रमणमा लगाइएको प्रतिबन्ध कायम राख्ने निर्णय गरिएको छ ।
आयोगका सदस्य एवम् प्रवक्ता विज्ञान राज शर्माले सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सरकारी निकाय, उद्योग व्यवसाय, शिक्षण संस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको विवरण शीघ्र विवरण पठाइदिन आग्रह गरेका छन्।


टिप्पणीहरू