ठेक्का तोड्ने प्रक्रियामा

ठेक्का तोड्ने प्रक्रियामा

शहरी विकास तथा भवन निर्माण मन्त्रालयअन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजनाले ९ वटा रुग्ण आयोजनाको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको छ । वर्षौंदेखि काम नगरी अलपत्र पारिएका परियोजनाको ठेक्का अन्त्य गर्न लागिएको हो । 

आज जारी सूचनामा आयोजनाले ती ठेकेदार कम्पनीसँग स्पष्टीकरण माग गरिएको छ । ठेक्का तोड्न नपर्ने स्पष्ट कारणसहित सात दिनभित्र स्वयं उपस्थित भएर जवाफ पेश गर्न आयोजनाले भनेको छ । 

स्पष्टीकरण सोधिनेमा रबिना–अविशा–विकोन जेभी, टिडिआर–जुगल जेभी, ओमबुद्ध इन्टरनेशनल कन्ट्रक्सन प्रालि, पुष्पाजली–शिवाको जेभी, धर्म एस–धुलिखेल–सिएल जेभी, बेत्रगंगा बिल्डर्स एण्ड सप्लायर्स प्रालि, न्यू केपी कन्ट्रक्सन प्रालि, सप्तरंगी कन्स्ट्रक्सन प्रालि, रविना–श्याम सुन्दर निर्माण सेवा जेभी रहेका छन् । 

तोकिएको समयमा स्पष्टीकरण पेश नगरेमा कारबाही गरिने चेतावनी दिइएको छ ।

टिप्पणीहरू