मिनरल वाटर बाँड्दै हिँडेका ‘जेन जी’ विमानस्थलमा
जेन जी अगुवा भन्ने गरिएका ‘हामी नेपाल’ एनजिओका संस्थापक सुदन गुरुङ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका छन् । त्यहाँको बेथिति र व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि डिस्कर्ड सुझाव दिन उनी विमानस्थल गएको बताइन्छ ।
गुरुङले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र त्रिभुवन विमानस्थल व्यवस्थापन प्रमुख हंसराज पाण्डेलाई भेटेर सुझाव पेश गरेको भनिएको छ । गुरुङसहित सात जनाको टोली पौने २ बजे त्यहाँ पुगेर आगमन र प्रस्थान कक्षको निरीक्षणपछि साढे ३ बजे निस्किएको स्रोतले बतायो ।
भदौ २३ गतेको प्रदर्शनमा पानी बाँड्ने भूमिकाबाट रातारात जेन जी अगुवा बनेर उदाएका गुरुङले विभिन्न सरकारी निकायका उच्च तहका कर्मचारीलाई निर्देशन दिँदै हिँड्ने गरेका छन् ।
यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा उनले सरकारी कर्मचारी तथा सुरक्षा निकायलाई निर्देशन दिएका थिए । बैठकमा उनको सहभागिता र प्रस्तुतीलाई लिएर चर्को आलोचना भएको थियो ।
टिप्पणीहरू