अवकाशको भोलिपल्टै खापुङलाई स्थानहद

अवकाशको भोलिपल्टै खापुङलाई स्थानहद फाइल फाेटाे

निवर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुवेर खापुङलाई विदेश भ्रमणमा रोक लगाइएको छ ।

भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले आजदेखि लागू हुनेगरी खपुङलाई विदेश जान बन्देज लगाउनुका साथै स्वीकृतिबेगर काठमाडौँ उपत्यका छाड्न नपाउने निर्णय गरेको हो । कुनै पनि समय आयोगमा उपस्थित हुनुपर्ने भएकाले यो निर्णय गरेको आयोगका प्रवक्ता विज्ञान राज शर्माले जानकारी दिए ।

खापुङ ३० वर्षे सेवा अवधिक कारण गएराती १२ बजेदेखि अवकाशमा गएका छन् । जेनजी प्रदर्शनको चार दिनअघि भदौ १९ गते उनले प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए । 

जेनजी प्रदर्शनमाथि दमन गरेको आरोपमा आयोगले यसअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित ५ जनाको  राहदानी रोक्का गर्नुका साथै उपत्यका छोड्न रोक लगाएको थियो । 

त्यस्तै, भदौ २३ र २४ को घटनामा क्षति विवरण पठाउन बाँकी भए उपलब्ध गराउन पनि आयोगले आग्रह गरेको छ ।

टिप्पणीहरू