हिमालकाे फेदमा स्वास्थ्य शिविर

हिमालकाे फेदमा स्वास्थ्य शिविर

सशस्त्र प्रहरी बल, नेपालले मनाङको डिस्याङ गाउँपालिका–४, हुम्डेमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । हिजो हुम्डे स्वास्थ्य चौकीमा सशस्त्रले स्वास्थ्य शिविर सञ्चालन गरेको हो । 

शिविरमा जनरल चेकअपसहित मधुमेह, एक्स–रेलगायतका सेवा दिइएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण यादवले बताए । जनआस्थासँग उनले भने,‘एपीएफले हिजो स्वास्थ्य शिविरको आयोजना गरेको थियो । धेरैले शिविरबाट लाभ लिनुभयो ।’

एपीएफले बेलाबखत शिविरको आयोजना गर्दै आएको उनले जानकारी दिए ।

टिप्पणीहरू