बलिउड अभिनेता धर्मेन्द्रकाे निधन
बलिउडका पुराना अभिनेता धर्मेन्द्र देओलको निधन भएको छ । ८९ वर्षीय उनले आज दिउँसो आफ्नै घरमा प्राण त्यागेका हुन् ।
लामो समयदेखि ब्रिच क्याण्डी हस्पिटलमा उपचार गराउँदै आएका उनी १२ दिनअघि मात्रै डिस्चार्ज भएका थिए । त्यतिबेला उनको मृत्यु भइसकेको भन्दै भारतीय सञ्चारमाध्यमले भ्रामक समाचार फैलाएका थिए । तर आज परिवारले नै धर्मेन्द्रको निधन भएको पृष्टी गरेको हो ।
उनको अन्तिम संस्कारको लागि सन्नी देओल, बबी देओल, सलमान खान, सञ्जय दत्तलगायतका कलाकार विले पार्ले पुग्दैछन् । धर्मेन्द्रको निधनप्रति विभिन्न कलाकारहरुले दुख व्यक्त गर्दै श्रद्धाञ्जली दिइरहेका छन् ।
टिप्पणीहरू