ट्रम्पका कारण अमेरिका झन् असुरक्षित भएको ठहर

ट्रम्पका कारण अमेरिका झन् असुरक्षित भएको ठहर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा भेनेजुएलामाथि भएको सैनिक आक्रमणले अमरिकालाई थप असुरक्षित बनाएको छ । गत वर्षको राष्ट्रपतीय निर्वाचनमा ट्रम्पसँग प्रतिस्पर्धी पूर्व उपराष्ट्रपति कमला ह्यारिसले पछिल्लो कदमबाट अमेरिका झन् असुुरक्षित,कमजोर बन्नुका साथै यसको प्रभावशाली हैसियतमा धक्का लागेको बताएकी छन् । 

उनले तेलका लागि गरिएको गैरकानुनी र अविवेकी कदम भन्दै ‘यो कारबाही लागुऔषध नियन्त्रण वा लोकतन्त्रका लागि नभई तेल स्वार्थबाट प्रेरित’ रहेको उल्लेख गरेकी छन् ।

सामाजिक सञ्जाल एक्समा लेखिएको छ, ‘डोनाल्ड ट्रम्पका भेनेजुएलामा गरिएका कदमहरूले अमेरिकालाई सुरक्षित, बलियो वा प्रभावशाली बनाउँदैन। मादुरो क्रूर र अवैध तानाशाह हुन् भनिए पनि अमेरिकी कदम गैरकानुनी र अविवेकी भएकाले सत्य लुक्दैन ।’

उनले जबर्जस्ती सत्ता परिवर्तनका नाममा गरिने युद्धले सधैं अराजकता निम्त्याउने र त्यसको मूल्य अमेरिकी परिवारले चुकाउनुपर्ने चेतावनी दिएकी छन् । ‘हामीले यस्तोे फिल्म पहिले पनि देखिसकेका छौं । तेल वा सत्ता परिवर्तनका लागि गरिएका युद्ध पहिले शक्ति देखाउने नाममा सुरु हुन्छन् अन्ततः अराजकता र अमेरिकी जनताको पीडामा परिणत हुन्छन्,’ ह्यारिसले लेखेकी छन्।

उनले तेलका लागि गरिएको गैरकानुनी र अविवेकी कदम भन्दै ‘यो कारबाही लागुऔषध नियन्त्रण वा लोकतन्त्रका लागि नभई तेल स्वार्थबाट प्रेरित’ रहेको उल्लेख गरेकी छन् ।

ह्यारिसले अमेरिकी जनताले यस्ता सैन्य हस्तक्षेप नचाहेको र ट्रम्पले जनतालाई भ्रममा पारेको उल्लेख गरिन् । ‘यो लागुऔषध वा लोकतन्त्रको विषय होइन । यो तेल र ट्रम्पको क्षेत्रीय ‘स्ट्रङ्गम्यान’ बन्ने चाहनाको विषय हो,’ उनको आरोप छ । 

न्युयोर्कका मेयर जोहरान माम्दानीले पनि मादुरो र उनकी पत्नीको अपहरणलाई ‘युद्धको कार्य’ भन्दै अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन भएको बताएका छन् । उनले यो कदमले न्युयोर्कमा रहेका हजारौँ भेनेजुएलाली आप्रवासीको सुरक्षामा गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन्।

मादुरो र सिलिया फ्लोरेसलाई न्यूयोर्कको साउदर्न डिस्ट्रिक्ट अदालतमा लागुऔषध तस्करी र ‘नार्को–आतंकवाद’ सम्बन्धी अभियोग दर्ता गरिएको छ । अब अमेरिकामै मुद्दा चलाइने ट्रम्पले बताइसकेका छन् ।

टिप्पणीहरू