‘डिशहोम गो ओटीटी’ को ‘घर एक सपना’
विभिन्न डिजिटिल प्ल्याटफर्मको विकासले दर्शकलाई चलचित्र हेर्न हलसम्म पुग्नैपर्ने बाध्यता अन्त्य हुँदै गएको छ । सहुलियत शुल्क तिरेर मोबाइलमै नयाँ सामाग्री हेर्न पाइने भएपछि त्यस्ता प्ल्याटफर्मको प्रयोग बढ्दै गएको हो ।
यसैबीच ‘डिसहोम गो ओटीटी’ एपले नेपाली सिरिज ‘घर एक सपना’ स्ट्रिमिङ गरेको छ । उक्त एपमा दर्शकले आज (शुक्रबार)देखि सो सिरिज हेर्न पाउने भएका हुन् ।
कलाकार सरोज खनाल, लक्ष्मी गिरी, विश्व बस्नेत, सुरेश थापा, सृजना अधिकारी, विप्लव लोहनी लगायतको अभिनय रहेको उक्त सिरिजलाई अजित लामिछानेले निर्देशन गरेका हुन् ।
स्मरण रहोस्, ‘डिसहोम गो ओटीटी’ एपमा यसबाहेक अन्य चलचित्रसहित खेलकुद र संगीतका सामाग्रीहरु पनि हेर्न सकिन्छ ।
टिप्पणीहरू