रविले त्यसो भनेपछि कुलमान क्रुद्ध
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी (उनेपा) बीच दुई साताअघि भएको सहमति कार्यान्वयनमा देखिएको असमझदारी भुसको आगोमा परिणत भएको छ । हिजो बिहान र बेलुकी कुलमान र रास्वपा सभापति रवि लामिछानेबीच दुई पटक भएको कुराकानीमा सोही सहमति कार्यान्वयनबारे गलफत्ती परेको बुझिएको छ ।
बिहान लामिछाने निवास हात्तीगौडामा भएको कुराकानीमा कुलमानसँगै ऊर्जा नेपालका अध्यक्ष अनुप उपाध्याय,धर्म चौधरी पनि सामेल थिए । बेलुकी फेरि भएको वार्तामा समेत रविले मौखिक आश्वासन मात्रै दिएपछि कुलमानहरु नयाँ रणनीति अपनाउनुपर्ने विकल्पमा पुग्न लागेको बताइन्छ ।
संघीयता,धर्मनिरपेक्षता र समावेशिताका विषयमा लिखित सहमति हुनुपर्ने कुलमानको अडान कार्यान्वयन नभएपछि उज्यालो नेपालका नेता तथा कार्यकर्ताहरु सशंकित बनेका छन् । यसअघि समानुपातिक उम्मेदवारहरुको बन्द सूचीका लागि उज्यालोले पठाएको १८ जनाको नामबाट केही कटौती गरिएको थियो भने अधिकांशलाई सूचीको पछिल्तिर ठेलिएको थियोे ।
यसअघि पुस १४ गते पार्टी सभापति रवि लामिछानेले मौखिक रूपमा सहमति जनाए पनि लिखित सम्झौतामा हस्ताक्षर भएको छैन । तर कुलमान समूहले संविधान,संघीय व्यवस्था र हालको निर्वाचन प्रणालीबारे स्पष्ट र लिखित प्रतिबद्धता मागिरहेको छ ।
हिजो बिहान र बेलुकीको भेटघाटबारे कुलमान निकट पूर्व उज्यालो पार्टीका नेता तथा कार्यकर्ताहरु भन्छन्, ‘मौखिक सहमति कार्यान्वयन हुनुपर्यो । यसअघि पेश गरिएका समानुपातिक १८ जना कायम हुनैपर्यो । चुनावमा टिकट र केन्द्रीय सदस्य ३० प्रतिशत हुनैपर्यो । महामन्त्री पनि तत्काल दिनुपर्यो भन्ने अडानमा छौं ।’ तर रविले आलटाल गरेर फागुन २१ पुर्याउने रणनीति अपनाएको उनीहरुले महसुस गरेका छन् ।
मन्त्रीबाट राजीनामा दिइसकेका घिसिङलाई यसअघि दोस्रो वरीयतासहितको उपसभापति दिइएको थियो । तर,अहिले नेपाली हैन अङ्ग्रेजी वर्णानुक्रमको कुरो उठाएर कुलमानलाई पछाडि पारिएको अवस्था छ । नेपाली वर्णानुक्रमको सट्टा अंग्रेजी अल्फाबेटमा राखिएकाले कुलमान बालेन साह,डिपी अर्यालर स्वर्णिम वाग्लेपछि चौथो तथा रविपछि पाँचौं नम्बरमा पुगेका छन् । वरिष्ठ नेताको हैसियत बालेन साहलाई दिइएको छ ।
रविको भनाइ थियो, ‘सबै उपसभापति समान हैसियतको हुनुहुन्छ । अंग्रेजी वर्णानुक्रमानुसार बस्नुहोला ।’
अघिल्लो साताको बैठकमा स्थान खोज्ने क्रममा रविले सबैको सामुन्ने अल्फाबेटिकल्ली बस्नुहोला भनेपछि कुलमान अप्ठेरोमा परेका थिए । रविको भनाइ थियो, ‘सबै उपसभापति समान हैसियतको हुनुहुन्छ । अंग्रेजी वर्णानुक्रमानुसार बस्नुहोला ।’ रवि र रास्वपाको व्यवहारका कारण पूर्व उज्यालोका ७५ प्रतिशत केन्द्रीय सदस्य रुष्ट बनेको बताइन्छ ।
यसअघि समानुपातिक उम्मेदवारको सूचीमा उज्यालो पार्टीलाई रविको रास्वपामा मिसाउन सहयोग पुर्याएको भन्दै कुलमानका भानिजमाथि आरोप लागेको थियो । अहिले दाजु गणेश र भाइ अनिलको कारण कुलमानको चिम जल्यो भन्न थालिएको छ ।
रविलाई बालेन भए पुग्ने निश्कर्ष निकाल्दै कुलमानलाई वास्ता गर्न छाडिएको पार्टीभित्रको बुझाइ छ । उता बालेनका कारण शहरी मत संकलन गर्न सकिने लामिछानेलाई लागेको छ ।
हिजै जनजाति बाहुल्यको काठमाण्डौ ३ नम्बर क्षेत्र,बौद्धमा रास्वपाले चुनावी कार्यक्रम राखेर कुलमानलाई काउण्टर दिएको अवस्था छ । रवि निकटस्थहरुले कुलमानलाई नसोधी सो क्षेत्रमा राखेको कार्यक्रमले पूर्व उज्यालो नेपालका नेता तथा कार्यकर्तालाई झस्काइदिएको बुझिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीका सल्लाहकार अजयभद्र खनाल, विजयकान्त लालकर्णहरुको संस्थाले गरेको एउटा रिसर्च पढेर रविले बालेनलाई देउता ठान्न थालेको बालुवाटारको बुझाइ छ । उक्त रिपोर्टमा बालेनलाई आगामी प्रधानमन्त्रीको रुपमा ४० प्रतिशतले देख्न चाहेको तर रवि र कुलमानलाई ८ प्रतिशतले मात्रै रुचाएको उल्लेख छ । सोही रिपोर्टपछि रविले बालेनलाई अंगालो हालेको कर्णहरुको ठम्याइ छ ।
हिजै जनजाति बाहुल्यको काठमाण्डौ ३ नम्बर क्षेत्र,बौद्धमा रास्वपाले चुनावी कार्यक्रम राखेर कुलमानलाई काउण्टर दिएको अवस्था छ । रवि निकटस्थहरुले कुलमानलाई नसोधी सो क्षेत्रमा राखेको कार्यक्रमले पूर्व उज्यालो नेपालका नेता तथा कार्यकर्तालाई झस्काइदिएको बुझिएको छ ।
कुलमानले उज्यालो नेपाललाई रविको रास्वपामा मिसाएपछि विशेषगरी जनजातिहरु रुष्ट बनेका छन् । कुलमान समर्थकहरु अधिकांश ग्रामीण भेगमा रहेको र अहिलेको अवस्थाले उनीहरु निराश बनेका हुन् । रविको पछिल्लो चालबाजीलाई ठेगान लगाउन कुलमान निकटस्थहरुले २८ गते समानुपातिकबाट नाम फिर्ता लिने सम्भावना पनि उत्तिकै छ ।
टिप्पणीहरू