महासचिवका लागि सांसद त्याग्ने तयारी

महासचिवका लागि सांसद त्याग्ने तयारी

उज्यालो नेपाल पार्टी (उनेपा) को महासचिवमा धर्म चौधरी चयन भएका छन् । लुम्बिनी प्रदेश सभा सदस्य तथा नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता समेत रहेका उनले यताको जिम्मेवारी छाडेर उताको महासचिव रोजेका हुन् । 

पूर्वमन्त्रीसमेत रहेका चौधरीले आज प्रदेश सभा सदस्यबाट राजीनामा दिदैँछन् । ‘राजीनामा पत्र तयार हुँदैछ’, उनले भने, ‘बिहान अध्यक्षज्यू (कुलमान घिसिङ)ले जिम्मेवारी सुम्पिएको औपचारिक पत्र पठाउनुभएको छ, अब म नाउपामा रहिनँ ।’

नाउपा परित्यागबारे तत्कालीन पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पनि जानकारी गराइसकेको उनले बताए । ‘रञ्जिताजीलाई त मैले एक महिनाअघि नै पार्टी छाड्न लागेको जानकारी गराइसेको छु, आज औपचारिक रुपमा अलग भएँ’, चौधरीले थपे । 

आगामी प्रतिनिधिसभाको निर्वाचनमा बर्दिया क्षेत्र नम्बर २ बाट चुनाव लड्ने उनको तयारी छ । थप जानकारी दिँदै भने, ‘अहिलेसम्म प्रदेशमा बसेर जनताको सेवा गरे, अब संघबाट सेवा गर्ने योजना छ ।’

टिप्पणीहरू