रविको कार्यालयमा बालेन र सुदनको स्वागत

रविको कार्यालयमा बालेन र सुदनको स्वागत

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह र ‘हामी नेपाल’ एनजिओका संस्थापक सुदन गुरुङ औपचारिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् । बनस्थलीस्थित घण्टीघर पुग्दा उनीहरुलाई पार्टी नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका हुन् ।

बालेन यसअघि नै रास्वपा सभापति रवि लामिछानेसँग सात बुँदे सहमति गर्दै पार्टीको वरिष्ठ नेता बनेका हुन् । सुदनले भने गोर्खा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए । गोर्खामा रास्वपाले समर्थन गर्ने सहमतिपछि उनी पनि पार्टी प्रवेशका लागि तयार भएका हुन् ।

टिप्पणीहरू