शेखर काेइरालाका नेताहरू हाेटलमा भेला
नेपाली कांग्रेसको मध्यमार्गी समूहले छुट्टै भेला गरेको छ । नेता डा. शेखर कोइराला नेतृत्वको सो समूहका नेताहरू बत्तिसपुतलीस्थित एक होटलमा भेला भएका छन् ।
सर्वोच्च अदालत र निर्वाचन आयोगको सम्भावित कदम तथा आगामी प्रतिनिधिसभा निर्वाचनको विषयमा छलफल गर्न नेताहरु भेला भएको बताइन्छ । भेलामा कोइरालासहित धनराज गुरुङ, जीवन परियार, डिगबहादुर लिम्बुलगायतका नेताहरु सहभागी छन् ।
गगन थापा नेतृत्वको कार्यसमितिलाई कांग्रेसको आधिकारिक मान्यता दिने आयोगको निर्णयविरुद्ध संस्थापन पक्षले बिहान सर्वोच्च अदालतमा रिट दायर गरिसकेको छ । उक्त समूहले आगामी निर्वाचनको लागि मनोनयन दर्ताको मिति सार्न आयोगमा समेत निवेदन दिएको छ ।
टिप्पणीहरू