सबै श्रेणीहरू

मलामी बोकेको जीप खस्यो,फेरि एकको मृत्यु

मलामी बोकेको जीप खस्यो,फेरि एकको मृत्यु

मलामी बोकेको जीप गुल्मी जिल्लाको रिडी–खर्ज्याङ सडक खण्डअन्तर्गत रुरु गाउँपालिका–१ खोल्टेपानीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् ।

आज दिउँसो पाल्पा जिल्लाको जोगिथुमबाट रिडीघाटमा मलामी लिएर आउँदै गरेको लु १ च ६९८५ नम्बरको जीप सडकबाट करिब १० मीटर तल खसेर दुर्घटनामा परेको थियो । दुर्घटनामा पाल्पाको रिब्दिकोट गाउँपालिका–१ का २६ वर्षीय टिकाराम कुमालको मृत्यु भएको हो । 

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा पठाइएको जानकारी दिँदै गुल्मीका नायब उपरीक्षक गंगाबहादुर सारुले घाइतेहरूको अवस्था मध्यम रहेको बताए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।