सन्तान्नब्बे श्रीमती स्याहार्दै

नाइजेरियाका ९२ वर्षीय मोहम्मद बेलो अबुबकर कुनै काम गर्दैनन्, अर्थात् आम्दानी शून्य छ तर ९७ पत्नी र १ सय ५० छोराछोरी पालेर बसेका छन । राजधानी लागोसको बिडा क्षेत्रका बासिन्दा उनले कूल १ सय ७ जनासँग बिहे गरेका थिए । तीमध्ये १० जनालाई सम्बन्धबिच्छेद गरे पनि बाँकी ९७ जना सँगै छन् । पत्नी बनेका सबै महिलालाई ‘खुदा’ ले पठाएको दाबी गर्ने उनी गत साता पक्राउ परे । इस्लाम धर्मको पवित्र ग्रन्थ कुरानले चार जनासम्म पत्नी राख्न पाउने व्यवस्था गरेको छ भन्ने आधारमा उनीमाथि कारबाही गर्न खोजियो तर चार जनाभन्दा बढी पत्नी राख्ने दण्डित हुन्छ भन्ने कुरानमा कतै उल्लेख नभएको तर्क दिई छुटे । उनको भनाइ थियो, ‘ख्वाउन र मिलाएर राख्न सकिन्छ भने जति पनि पत्नी राख्न पाउनुपर्छ ।’ उनी ९७ पत्नीलाई ‘थोरै’ को संज्ञा दिन्छन् र भविष्यमा पत्नीको संख्या थप्ने बताउँछन् ।

टिप्पणीहरू