प्रहरीको अन्तर्वार्तामा नक्कली उपस्थित,लिखित परीक्षा दिने सक्कलीसमेत पक्राउ

प्रहरीको अन्तर्वार्तामा नक्कली उपस्थित,लिखित परीक्षा दिने सक्कलीसमेत पक्राउ

लिखित परीक्षा सक्कली प्रहरीले दिएर उत्तिर्ण भएका उम्मेदवार अन्तरर्वार्तामा उपस्थित हुँदा शंकास्पद देखिएपछि दुबै जना पक्राउ परेका छन् । प्रहरी जवानको अन्तरर्वार्ता परीक्षामा सहभागी सक्कली र नक्कली दुबै जना परीक्षार्थीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ ।

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा अन्तर्वार्तामा सहभागी दैलेखको भगवतीमाई गाउँपालिका–२, बेस्तडाका २२ वर्षीय रोशन शाही र कार्यरत प्रहरी जवान २३ वर्षका लोबन शाही पक्राउ परेका हुन् ।

रोशनको सट्टा प्रहरी जवान लोबन शाहीले लिखित परीक्षा दिएका थिए । लिखित परीक्षा उत्तिर्ण गरेपछि रोशन शाही आफैँ अन्तर्वार्तामा सामेल भएका हुन् । अन्तरर्वार्तामा शङ्कास्पद कुरा गरेपछि उनलाई त्यहिँ केही लेख्न लगाइएको थियो । तर, लेख्न नसकेपछि सोधपुछको क्रममा लिखितमा किर्ते गरेको खुल्न आएपछि दुबैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभएको छ ।

रोशन शाहीले आफ्नो सट्टा लोकसेवा आयोगले लिएको प्रहरी जवान पदको लिखित परीक्षा उत्तिर्ण गराउन लोमन शाहीलाई एक लाख रुपैयाँ दिएको समेत खुल्न आएको छ ।

दुवै नक्कली परीक्षार्थीलाई आवश्यक कारबाहीका लागि थप अनुसन्धान शुरु गरिएको उहाँले जानकारी दिनुभयो । गत फागुन १२ गते लोकसेवा आयोगको कार्यालय, सुर्खेतले सञ्चालन गरेको लिखित परीक्षामा एक लाख रुपैयाँ दिएर आफू पास भएको बयानसमेत रोशनले दिएका छन् ।

टिप्पणीहरू