सुष्मा अन्ततः शिकार

नेपाली कांग्रेसको भ्रातृ संगठनमध्ये तरुण दल, नेविसंघमा झैं नेपाल सांस्कृतिक संघमा समेत टिके प्रथाबाट नयाँ कार्यसमिति चयन गरिएको छ । अघिल्लो मंगलबार सम्पन्न अधिवेशनमा सभापति देउवाको कोटाबाट तीर्थबहादुर थापा, रामचन्द्र पौडेलको खल्तीबाट जनार्दन आचार्य उम्मेदवार थिए । तीर्थबहादुर थापा अध्यक्ष भए भने जनार्दनले वरिष्ठ उपसभापतिमा चित्त बुझाए । महासचिवमा शिवशंकर रिजाल, रोशनी केसी, दुर्गा रायमाझीले अवसर पाए । कुनै गुटमा नअटाएकी सुष्मा कार्कीलाई ३३ प्रतिशतको वकालत गर्नेहरूलाई समेत तिरिमिरी पार्दै बलिको बोका मात्र बनाइयो ।

टिप्पणीहरू