नेताहरू विदेशिएको निहुँमा…

‘खोइ त, हाम्रो प्रवक्ताज्यू नै हुनुहुन्न नि !’

नेताहरु विदेशतिर बढी लाग्ने, प्रयोजन नखुलेका त्यस्ता भ्रमणबाट पार्टी लाभान्वित नहुने विपक्षीहरुले शंका मान्ने भएपछि एमालेमा यसबारे छलफल चलेको छ । बैठक चल्दाचल्दै अध्यक्ष केपी ओलीले वरिपरि हेर्दा अरु त अरु, पार्टी निर्णय जनसमक्ष पु¥याउने ‘प्रवक्ता’, अर्थात् प्रचार विभाग प्रमुख योगेश भट्टराईलाई नै नदेखेपछि कुरा कोट्याएका हुन् ।

स्वास्थ्य उपचारका निम्ति बिहीबार बैंकक प्रस्थान गर्नुअघि सम्पन्न स्थायी कमिटी बैठकमा विदेश भ्रमण व्यवस्थित गर्नेबारे छलफल चलिरहँदा योगेशमात्र हैन, वरिष्ठ नेता माधवकुमार नेपाल उत्तर कोरिया र महासचिव ईश्वर पोखरेल युरोपतिर थिए । बैठकले अब पूर्वजानकारीबिना नेताहरुले विदेश जान नपाउने निर्णय गरेको छ । 

विदेश भ्रमणका तीता–मीठा घटनाबारे बैठकमा चर्चा चल्यो । अध्यक्ष ओलीले वर्तमान राष्ट्रपति विद्या भण्डारीलगायत आफूलाई पनि विगतमा विदेश जानबाट बञ्चित गरिएको तीतो प्रसंग निकाले । विद्यालाई त एयरपोर्टबाटै फर्काइएको रहेछ । बैठकमा उपाध्यक्ष भीम रावलले उपमहासचिव घनश्याम भूषाल, योगेश भट्टराई, विजय पौडेल, प्रकाश ज्वाला थाहा पत्तैबिना चीन गएकोबारे जिज्ञासा राखेका थिए । उनले भने, ‘मैले माधव कमरेडलाई पनि यसरी खुसुखुसु विदेश नजानुस् भनेर कत्ति भनेँ, मान्दै मान्नुहुन्न !’ 

अर्का उपाध्यक्ष वामदेव गौतमले चाहिँ ‘खै हामीले भनेको मान्छेलाई स्थायी कमिटीमा ल्याएको’ भनेर सोधे । ती व्यक्ति सम्भवतः रघुवीर महासेठ हुनुपर्छ । अहिले स्थायी कमिटीमा मधेसीमूलबाट सत्यनारायण मण्डलबाहेक कोही छैनन् । असोज २ मा २ नंं प्रदेशमा स्थानीय तह तेस्रो चरणको चुनाव हुँदैछ । ऐन–मौकामा मधेसका नेतालाई अवसर दिन एमाले माहिर छ ।  जस्तो कि, मेची–महाकाली अभियानको पूर्वसन्ध्यामा मधेशका झण्डै एक दर्जन नेतालाई उसले केन्द्रीय सदस्य मनोनित ग¥यो । अहिले चुनावमा भाग लिन पार्टीको पूरै शक्ति त्यता केन्द्रित हुने भएको छ । पार्टीले त्यताका नेतालाई ठाउँ पनि दिएको छ भन्ने सन्देश दिनका लागि उसले यस्तो तयारी गरेको बुझिन्छ । 

टिप्पणीहरू