दलितको निम्ति गृहको सर्कुलर

दलितको निम्ति गृहको सर्कुलर

धर्म,संस्कृति,रीतिरिवाज,पेशा र जातलाई लिएर भेदभाव नगर्न गृह मन्त्रालयले आग्रह गरेको छ । आज विज्ञप्ति जारी गर्दै मन्त्रालयले व्यक्तिको स्वतन्त्रता, समानता र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण गर्न आग्रह गरेको हो ।

गृह मन्त्रालयले मानवताविरोधी कार्य गर्ने जोकोही पनि दण्डको भागिदार हुने जनाएको छ । त्यस्तै, भेदभाव तथा जातीय छुवाछुतजन्य कार्य गरेमा कसुर र सजाय ऐन २०६८ बमोजिम कारबाही गर्ने स्पष्ट पारेको छ ।नेपाल संविधानको धारा २४ अनुसार मानव जातिको मौलिक हक प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्रालयले आह्वान गरेको छ । साथै दलित समुदायको सर्वसुलभ पहुँच र ससम्मान सेवाको सुनिश्चितताको निम्ति सहायता कक्षको व्यवस्था मिलाउने बताएको छ ।मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयलाई दिएको निर्देशनमा उक्त विषय कार्यान्वयन गर्न भनिएको हो ।

टिप्पणीहरू